सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालमा थप २,६३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५८५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये ५,०८२ परीक्षण एन्टिजन विधिबाट गरिएको हो । कुल परीक्षणको २१ प्रतिशतमा सङ्क्रमण देखिएको छ । सो अवधिमा १ हजार ५६५ जना सङ्क्रमणमुक्त भएपछि निको भएका सङ्क्रमित ९४.६ प्रतिशत पुगेका छन् । योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ८८ हजार पुगेको छ भने मृतकको सङ्ख्या ९,२६३ पुगेको छ । अहिले कुल २२,९६९ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,८५९ जना संस्थागत आइसोलेशनमा छन् । मङ्गलबार पुष्टि भएका कुल सङ्क्रमितमध्ये ४९९ जना काठमाडौं उपत्यकाका छन् । अहिले देशभरिका आठ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप २४ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाडौं उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ । मङ्गलवार पुष्टि भएकामध्ये काठमाडौंका ३६५ जना छन् भने ललितपुर र भक्तपुरका क्रमशः १०५ र २९ जना छन् । एक सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएका जिल्लाहरूमा झापा १७६ जना, मोरङ ११२, सुनसरी १३५ र कास्की १०३ जना छन् । सङ्क्रमितमध्ये अहिले ५६७ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १८१ जना भेन्टिलेटरमा छन् ।