सोसल मिडिया
Contact Us
युनिकोड
बैतडी । सिगास गाउँपालिका– ३ बाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३९ नम्बरको जीप लगन भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मृत्युहुनेमा मृत्यु हुनेमा सिगास–३ का ४५ वर्षीय जयसिंह धामी, ४५ वर्षीय मानसिंह साउँद र ६४ वर्षीय रामसिंह धामी छन्। उनीहरु तीनैजनाको घटनास्थमै मृत्यु भएको हो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। उनका अनुसार घाइतेहुनेमा सिगास– ३ का २९ वर्षीय करनसिंह धाँमी, ४५ वर्षीय दलवीर साउद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया वासमती धामी, ४० वर्षीय शेरबहादुर धामी र २० वर्षीय रवीन्द्र धामी छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । जीपका चालक १९ वर्षीय खगेन्द्र साउद र जीप धनि ४४ वर्षीय हरिभान साउद भने फरार छन् । सोह्र जना सवार जीप सडकबाट करीब ५० मिटर तल खसेको र दुर्घटनाका कारण खुल्न नसकेको छ प्रहरीले जनाएको छ ।–रासस