पत्रकारको क्षमता विकास गर्न आर्थिक सहयोग

आइतबार, असार २०, २०७८

फुङ्लिङ । नेकपा (एमाले) पार्टीका नेता तथा पूर्वपर्यटनमन्त्री योगेशकुमार भट्टराईले पत्रकारको क्षमता विकास गर्न रु एक लाख उपलब्ध गराएका छन् ।  नेपाल पत्रकार महसङ्घ ताप्लेजुङ शाखाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो । जिल्लामा रहेर पत्रकारिता गरिरहने पत्रकारको क्षमता विकास गर्नका लागि आर्थिक सहयोग गरिएको हो । 
जिल्लामा बसेर व्यावसायिक पत्रकारिता गर्ने पत्रकारको क्षमता वृद्धि गर्न सो रकम खर्च गर्ने नेपाल पत्रकार महासङ्घका अध्यक्ष आनन्द गौतमले बताए । भट्टराईले विगतदेखि नै ताप्लेजुङका पत्रकारको क्षमता विकासका लागि सहयोग गर्दै आएका छन् । रासस

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १३:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार