सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । बिएण्ड सी मेडिकल कलेजले सम्बन्धन नदिए सरकारलाई नै कलेज बुझाउने भएको छ । कलेजका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाइँले आज यहाँ पत्रकार सम्मेलन गर्दै कलेज सञ्चालनका लागि सम्बन्धन माग गरेपनि नदिएपछि सरकारलाई सञ्चालनको जिम्मा दिने बताएका हुन् । “ कि कलेजको सञ्चालनको लागि अनुमति देउ, यदि अनुमति नदिने हो भने सरकारले कलेज आफै चलायोस” उनले भने, “ भौतिक संरचना सहित बनेको कलेजलाई त्यतिकै बेवारिसे नराखियोस् ।” उनले सरकारले सञ्चालन नगर्ने हो भने आफूले सधैका लागि कलेज बन्द गर्ने समेत बताए । झापाको अनारमनी–३ मा अवस्थित कलेजले सम्बन्धन नपाउँदा कलेज सञ्चालन हुन सकेको छैन । गत बैशाखमा बसेको काठमाडौँ विश्वविद्यालयको ८९ औ सभाले चिकित्सा शिक्षा आयोगलाई कलेजको सम्बन्धनका सम्बन्धमा आवश्यक अध्ययन गरी प्रतिवेदन बुझाउन समेत निर्णय गरेको थियो । कार्यकारी निर्देशक प्रसाईले आयोगको टोलीले तयार पारेको प्रतिवेदन नबुझाउँदा सम्बन्धनमा ढिलाई भइरहेको समेत बताए । सभाले सात दिनभित्र कलेज सञ्चालनका सम्बन्धमा प्रवितेदन पेश गर्ने गरी डा. प्रकाशराज पाण्डेको संयोजकत्वमा चार सदस्यीय अध्ययन तथा अनुगमन टोली गठन गरेको थियो । उनले कलेज सञ्चालनका लागि आफूले सवै प्रक्रिया पुरा गरिसकेकोले सम्बन्धन दिनुपर्ने माग राखेका छन् । कोरोना भाइरसको समयमा स्वास्थ्यकर्मी अभाव भइरहेकोले बेला कलेजले सम्बन्धन पाए दक्ष जनशक्ति उत्पादन हुने उनको भनाइ छ । एमबिबिएस सञ्चालनका लागि कलेजले करिव ८ बर्ष अघि भौतिक पूर्वाधार तयार पारेपनि सरकारले अझै सम्बन्धन दिएको छैन । उनले कलेज सञ्चालनका लागि करिव ७ अर्ब रुपियाँ खर्च गरिएको सकेको जानकारी दिएका छन् ।