सोसल मिडिया
Contact Us
युनिकोड
गोरखा र तनहुँ जोड्ने मस्र्याङ्दी नदीको झोलुङ्गे पुलमा बाढीले क्षति पु¥याएको छ । नदीमा आएको भीषण बाढीसँगै पानीको बहाव बढेर पुलसम्म पुगेपछि क्षति पुगेको गोरखा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष रामबहादुर ख्डकाले जानकारी दिए । बाढीले झोलुङ्गेको तनहुँतर्फको भाग नदीमा डुबेको तथा पुल बाङ्गिएको उनले जानकारी दिए । पुलमाथि बाढी पुगेपछि बगाएर ढुङगामुढा रोकिँदा मुनिका बस्तीमा बाढीको प्रभाव पर्न सक्ने आकलन गरिएको छ । गोरखा नगरपालिका ( १४ स्थित गोप्लिङफाँट र तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित एक्लेफाँट जोड्ने सो पुलमा बाढीले क्षति पु¥याएपछि आवातजावत बन्द भएको वडाध्यक्ष खड्काले जानकारी दिए । रासस