तनहुँमा खोलाले बगाएर वृद्ध बेपत्ता

शुक्रबार, असार १८, २०७८

दमौली । तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा कलेस्तीखोलाले बगाएर आज एक वृद्ध बेपत्ता भएका छन् । घर नजिकै रहेको खोला तर्ने क्रममा बगाएर ८० वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका हुन् ।  खोलाले बगाएर बेपत्ता भएका वृद्ध नभेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए । ती वृद्धको खोजीकार्य भइरहेको उनले बताए ।‍-रासस

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १६:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार