भासियो कमला नदीको पुल  

शुक्रबार, असार १८, २०७८

जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत धनुषा  र सिरहा जिल्लालाई जोड्ने कमला नदीको पुल भासिएको छ । सो पुलको निर्माण सम्पन्न भइ हस्तान्तरणको चरणमा पुगेको थियो । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार पुलको १२ स्पानमध्ये एउटा स्पान एक फिट भासिएको छ । २४ करोड ४२ लाख रुपैयाँको लागतमा  सम्पन्न भएको सो पुलको निर्माण गर्न शुरुआतमा पप्पु कन्सट्रक्सनले ठेक्का पाएको थियो । सो कम्पनीले समयमा पुल निर्माण  नगरेपछि लुम्बिनी विल्डर्सलाई ठेक्का दिइएको थियो । सो कम्पनीले यही  असार १३ गते निर्माण  सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौता गरेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  ०७:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार