२४४४ जना कोरोना संक्रमित थपिए, ३८५३ जना भए संक्रमण मुक्त

सोमबार, असार १४, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा ११ हजार ६४० जनाको परीक्षण गर्दा २ हजार ४४४ जनामा कोभिड १९ संक्रमण देखिको छ। ६ हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५०९ जनामा र ४ हजार ९९२ जनाको एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार३ हजार ८५३ जना संक्रमण मुक्त भएका छन्।  यससँगै सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ९५० पुगेको छ । यस्तै, संक्रमणका कारण थप ४२ जनाको मृत्यु भएको छ। देशभर हालसम्म संक्रमणका कारण ९ हजार ५१ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १७:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार