दुलाल बन्धु सेवा समाज  ललितपुरको चौथो जिल्ला अधिवेशनले चयन गर्‍यो नयाँ कार्यसमिति

अध्यक्षतामा दिपेन्द्र दुलाल सर्वसम्मत 
आइतबार, फागुन १८, २०८१
मयुर प्लाई

ललितपुर ।  बन्धुत्व र भातृत्वका लागि सम्पूर्ण दुलालको एकताको   मुल उद्देश्यको साथ स्थापित दुलाल बन्धु सेवा समाज जिल्ला कार्य समिति ललितपुरको चौथो  जिल्ला अधिवेशन सम्पन्न भएको  छ ।  उक्त अधिवेशनबाट जिल्ला अध्यक्षमा  दिपेन्द्र दुलाल, उपाध्यक्षम राजेन्द्र दुलाल,  महिला उपाध्यक्षमा  सरस्वती दुलाल, सचिव  किरण दुलाल, सहसचिवमा भिमप्रसाद दुलाल, कोषाध्यक्ष माधब दुलाल र सदस्यहरुमा अर्चना दुलाल, प्रदिप दुलाल, नवराज दुलाल, डिल्ली प्रसाद दुलाल, भरत दुलाल,  राजन दुलाल, सन्तोष दुलाल, बिनोद कुमार दुलाल, श्याम सुुन्दर दुलाल सर्वसम्मत निर्वाचित भएको  निर्वाचन संयोजक रामहरि दुलालले  जानकारी दिए ।  अधिवेशनमा केन्द्रीय उपाध्यक्ष  रुद्र प्रसाद दुलाल, वागमती  प्रदेश अध्यक्ष जयराम दुलाल,  वागमती प्रदेश उपाध्यक्ष निल प्रसाद दुलाल, वागमती प्रदेश महासचिब  गोविन्द  दुलाल  वंशावली निर्माण अनुसन्धानकर्ता गोपाल प्रसाद दुलाललगायतका व्यक्तित्वको  उपस्थिति रहेको थियो। नवनिर्वाचित दिपेन्द्र दुलालले  ललितपुरका  विभिन्न  भूगोलमा छरिएर रहेका दुलालहरुको कुल पुजा एउटै मन्दिरबाट  गराउने  र जिल्लाका सबै बन्धुलाई संगठित गराउँदै जाने बताए । 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार