कमल थापा भन्छन्– राज्यसँग युवा मैत्री नीति नहुनु मुलुककै निम्ति दुर्भाग्य

आइतबार, फागुन ११, २०८१
मयुर प्लाई

हेटौंडा। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्यसँग कुनै किसिमको युवा मैत्री नीति नहुँदा देश अधोगतितर्फ गएको जिकिर गरेका छन् । आइतबार हेटौंडा उपमहानगरपालिका–९ मा रहेको सिआन पुनःस्थापना केन्द्र अवलोकन गर्दै उनले भने, ‘लाखौ युवाहरु विदेशका सहर र गल्लीमा भौतारिका छन् भने स्वदेशमा भएका ठुलो संख्याका युवाहरु पनि दुर्ब्यवसनको सिकार हुनु मुलुकका निम्ति दुर्भाग्य हो ।’ थापाले दुर्ब्यसनमा फसेकालाई समाजमा पुनर्स्थापित गरी आत्मनिर्भर हुने र सम्मानपूर्वक जीवनयापन गर्ने परिस्थिति निर्माण गर्नु आजको प्रमुख आबश्यकता भएकोमा जोड दिए । दुर्ब्यसनको कुलतमा लागेकालाई नकारात्मक र अपराधको दृष्टिकोणबाट हेर्न जरुरी नभएको भन्दै उनले सकारात्मक दृष्टिका साथ सकारात्मक परिवर्तन गराउन बल गर्नुपर्नेसमेत उनले बताए । सिआनले पछिल्लो समय छुट्टै महिला सुधारगृह पनि सञ्चालन गरेकोमा थापाले खुसी ब्यक्त गरे । विभिन्न प्रकारका दुर्व्यसनबाट पीडितहरुको उद्धार र पुनःस्थापनाको निम्ति सिआनले गरेको सेवा अत्यन्त प्रशंसनीय भएको थापाले बताए । 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार