संघीय संसदबाट अध्यादेश पारित हुन्छ : योगेश भट्टराई

बिहीबार, फागुन ८, २०८१
मयुर प्लाई

नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सांसद योगेश भट्टराईले सरकारले संघीय संसदमा प्रस्तुत गरेको अध्यादेश पारित हुने बताएका छन् । प्रेस चौतारी नेपाल सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित साक्षात्कारमा उनले अध्यादेश पारित गर्न संघीय संसदमा सत्तागठबन्धनसँग बहुमत भएको दाबी गरे । सचिव भट्टराईले भूमि, सामाजिक सञ्जालसम्बन्धी लगायतका सबै अध्यादेश पारित हुने बताए । उनले भने, ‘राष्ट्रिय सभा प्रतिनिधिसभाभन्दा परिपक्वहरूको थलो हो । त्यहाँबाट अध्यादेश पारित गर्छौँ र पारित हुने उपाय हामीसँग छ, यद्यपि त्यसबारे अहिले नै म भन्न चाहन्न ।’ यसैगरी सामाजिक सञ्जालसम्बन्धी विधेयक पूर्ववर्ती सरकारले ल्याएको जनाउँदै उनले यो विधेयक नियन्त्रणमुखी नभई नियमनका लागि ल्याउन थालिएको स्पष्ट पारे । उनले भने, ‘विगतका सरकारले ल्याएको बजेट र योजनामा वर्तमान सरकारले काम छ ।’  कर्णालीको पूर्वाधार विकासका लागि कर्णाली तथा भेरी करिडोर, मदन भण्डारी र मध्यपहाडी राजमार्गमा जोड दिइएको उनले बताए । उनले पछिल्लो समयमा अर्थतन्त्रमा सुधार भएको जनाए । 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार