आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा 

बुधबार, फागुन ७, २०८१

काठमाडौं । आज फागुन ७ गते, जहानिया राण शासन अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको दिन । सहिदहरूको बलिदानीपूर्ण त्याग र सङ्घर्षको जगमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको आधारशिला कोरिएको दिन फागुन ७ लाई देशभर प्रजातन्त्र दिवसका रुपमा मनाइने गरिन्छ ।  नागरिकका अधिकार स्थापित गर्ने कामको बलियो थालनी २००७ को जनक्रान्तिले गरेको हो । त्यही जनक्रान्तिको जगमा टेकेर नेपालमा गणतन्त्र, सङ्घीयता, समानुपातिक, समावेशीसहितको नागरिकलाई अधिकारसम्पन्न बनाउने व्यवस्थाको अभ्यास आरम्भ भएको हो ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  ०६:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार