सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल कार्यक्रम प्रभावित भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले तीन महिनाका लागि एमसीए नेपाल कार्यक्रम पनि स्थगित भएको जानकारी दिएको छ । ‘अमेरिकी सहायता संस्था एमसीसीले फागुन २ मा पठाएको इमेलमा नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनासँग सम्बन्धित एमसीसी कोषबाट भुक्तानी हुने क्रियाकलापहरु अमेरिकी राष्ट्रपतिको २० जनवरी २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालालाई जानकारी गराइन्छ,’ अर्थमन्त्री पौडेललेको सचिवालयद्वारा जारी सूचनामा भनिएको छ ।