‘सरकारले सदनप्रति देखाएको अनुत्तरदायी व्यवहारले लज्जावोध भयो’

मंगलबार, फागुन ६, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले सरकारले सदनप्रति देखाएको अनुत्तरदायी र जवाफहीन व्यवहारले लज्जावोध भइरहेको बताएकी छिन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आज भन्दा पाँच महिना अगाडि साउन २१ मा सदनमा नेपाल रेडक्रस सोसाइटीमा भएको चरम भ्रष्टाचारको विषयमा सरकारसँग जवाफ माग गरेको तर आजसम्म पनि त्यसको जवाफ नआएकोमा आपत्ति जनाइन् । उनले भनिन्,‘आज मलाई यो सरकारले सदनप्रति देखाएको अनुत्तरदायी जवाफहिन व्यवहार देखेर जज्जावोध भइरहेको छ । आज भन्दा पाँच महिना अगाडि साउन २१ २०८१ मा यही सदनमा उभिएर मैले नेपाल रेडक्रस सोसाइटीमा भएको चरम भ्रष्टाचारको विषय उठाएको थिए । महिला बालबालिका मन्त्रालय,समाज कल्याण परिषद् अन्तर्गत भएको १७ औं छानबीनको १७ औं प्रतिवेदन सार्वजनिक गरियोस् । दोषिलाई कारबाही गरियोस् भनेर माग गरे । टेन्डर खरिद गर्दा चलखेलको विषय र केन्द्रीय कार्यसमितिको बैद्यानिकताको विषयमा सरकारसँग जवाफ मागेको थिए । तर न प्रतिवेदन सार्वजनिक भयो । न सरकारले जवाफ दियो । न सरकार संवेदनशिल देखियो र त संसद नै ।’
 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार