चार घण्टासम्म बबरमहल क्षेत्र जलमग्न, ३० लाख लिटर पानी सडकमा पोखिएको अनुमान

बिहीबार, फागुन १, २०८१

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणको भूमिगत लाइन विस्तारका क्रममा बुधबार मेलम्ची खानेपानीको पाइपमा क्षति पुग्दा बबरमहल क्षेत्र जलमग्न भएको थियो । करिब चार घण्टासम्म मेलम्चीको खानेपानीको पाइप फुट्दा करिब ३० लाख लिटर पानी सडकमा बगेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार करिब चार घण्टा पाइपबाट लगातार पानी बाहिर निस्केपछि बबरमहलको सडक, सरकारी कार्यालय र निजी घरहरु जगलमग्न भएको थियो । मेलम्चीबाट अहिले काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर पानी ल्याइएको छ । केयुकेएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक पौडेलका अनुसार मेलम्चीबाट ल्याइएको पानी सुन्दीजलस्थित प्रशोधन केन्द्रबाट थोक वितरण प्रणालीमा पठाइएको ७५ किमि पाइप लाइनमा रहेको सवै पानी बबरमहल क्षेत्रमा बगेको थियो । करिव २४ देखि ३० लाख लिटर पानी खेर गएको पौडेलले जानकारी दिए । उनका अनुसार बिहीबार बेलुकासम्म क्षतिग्रस्त पाइप मर्मत गरेर पानी वितरण गर्ने तयारी गरिएको छ । प्राधिकरणले ठेक्कामार्फत काम गर्ने क्रममा तार विछ्याउने जमिन खन्ने क्रममा मेशिनले पाइप भेटेपछि पानी बाहिर निस्केको थियो । ग्रील गर्ने क्रममा २० इन्चको पाइपमा मेशिन अड्केको थियो । पानीले जिल्ला अदालत काठमाडौं अगाडि सडक र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरूसमेत डुबानमा परेका थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ०४:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार