विपिन जोशी रिहाइका लागि भइरहेको पहलबारे संसद्‍लाई जानकारी गराउन माग

मंगलबार, माघ २९, २०८१

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले हमासको कब्जमा रहेका विपिन जोशीको रिहाइका लागि भइरहेको पहलबारे संसद्‍लाई जानकारी गराउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद केसीले विपिन जोशीको बारेमा अहिलेसम्म कुनै अत्तोपत्तो नभएको भन्दै उनको रिहाइका लागि सरकारले गरिरहेको पहलबारे संसद्‍लाई जानकारी गराउन माग गरेका हुन् । इजरायल र हमासबीच युद्धविराम भएपछि कैयौं देशका गिरफतारीमा परेका मानिसहरू रिहाइ भए पनि कञ्चनपुरका विपिन जोशीको अहिलेसम्म अत्तोपत्तो नभएको उनको भनाइ छ । ‘कञ्चनपुरका विपिन जोशीको अहिलेसम्म अत्तोपत्तो छैन । त्यो मान्छे कहाँ छ ? जिउँदो मर्दो के छ, सरकारले संसदलाई जानकारी गराउनु पर्दैन ? बाहिरबाहिर कुरा सुनिन्छ, उहाँ जिवित्तै हुनुहुन्छ । हमासले नछोडेको भनेर मात्रै सरकारको जिम्मेवारी पूरा हुँदैन । रिहाइका लागि सरकारले गरिरहेको पहलबारे संसद्लाई जानकारी होस् ।’

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार