जसपा नेपालले भुमी सबन्धी अध्यादेशको बिपक्षमा मतदान गर्ने

मंगलबार, माघ २९, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारले ल्याएको भुमी सबन्धी अध्यादेशको बिपक्षमा उभिने भएको छ । केपी ओली नेतृत्वको सरकारले ल्याएका ६ वटा अध्यादेशमध्ये ५ अध्यादेशमा सकारात्मक देखिए पनि जसपा नेपाल भूमिसम्बन्धी अध्यादेशका बारेमा भने सुरू देखी नै फरक मत राख्दै आएको थियो । मंगलबार बसेको जसपा संसदीय दलको बैठकले सो अध्यादेशको बिपक्षमा मतदान गर्ने निर्णय गरेको हो । अरु अध्यादेशको पक्षमा मतदान गर्ने निर्णय गरेपनि भूमि सम्बन्धी अध्यादेश राष्ट्रको हित विपरीतका प्रावधान राखिएको भन्दै विपक्षमा मतदान गर्ने निर्णय गरेको सांसद मृगेन्द्रकुमार सिंहले सञ्चारकर्मीसँग भने ।
 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार