Dashain Banner
Dashain Banner

ललितपुर महानगर वडा नं. १४ का महिलालाई माछा, मासु तथा मिक्स अचार बनाउने तालिम (भिडियो)

सोमबार, माघ २८, २०८१

ललितपुर । ललितपुर महानगरपालिका, वडा नं. १४ को आ.व. २०८१-०८२ को कार्यक्रम अन्तर्गत वडा स्तरीय महिला सञ्जालले महिलालाई माछा, मासु तथा मिक्स अचार बनाउने तालिम कार्यक्रम आयोजना गरेको छ । प्रशिक्षक सानु शाक्यले तालिमका सहभागीलाई चार दिनसम्म प्रशिक्षण दिनु भएको हो । वडाअध्यक्ष महतले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै, आफूले उत्पादन गरेको अचारलाई आफ्नै वडाबाट बजारीकरण सुरु गर्न अनुरोध गर्नुभयो। त्यसैगरी उहाँले आवश्यक परेमा अचारको ब्रान्डिङका लागि थप तालिम प्रदान गरी सहयोग गर्ने बताउनुभयो। 

IMG_3732_11zon-1739176627.jpg
कार्यक्रममा वडा सदस्य सहनशिला कार्कीले तालिमको सदुपयोग गर्न आग्रह गर्दै वडाले प्रशिक्षार्थीहरूलाई थप प्रोत्साहन गर्नका लागि अचारका लागि प्रयोग हुने औजार हस्तान्तरण गरेको जानकारी दिनुभयो। कार्यक्रममा तालिमका प्रशिक्षार्थीहरुले तयार पारेका अचार प्रमुख अतिथि, अतिथि तथा सहभागीलाई मायाको चिनो स्वरुप प्रदान गरिएको थियो । IMG_3736_11zon-1739176627.jpg

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार