सांसद सन्तोष परियारको प्रश्न– प्रेम गरेका कारण दलितहरूको घरवास उठीवास लाग्नुपर्ने हो ?

सोमबार, माघ २८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले दलितहरूमाथि राज्यबाटै भइरहेको विभेदको सरकारसँग जवाफ मागेका छन् । सोमबार संसदमा बोल्दै उनले दलितहरूमाथिकाे ज्यादतीमा राज्यकै अंगहरू संलग्न रहेको भन्दै आक्रोश व्यक्त गरे। उनले भने, ‘हरेक वर्ष दलितले अन्तरजातीय विवाह गरेको कारण मारिनुपर्ने ? प्रेम गरेका कारण दलितहरू घरवास उठीवास लाग्नुपर्ने ? अनि राज्यका संयन्त्रहरू, राज्यका संस्थाहरू दलितका अधिकार कुल्चनलाई, दलितलाई मान्छे हुन नदिनलाई प्रयोग हुनुपर्ने ? यसमा नेपाल सरकारको जवाफ चाहियो, गृह मन्त्रालयको जवाफ चाहियो ?’ हालै गृह मन्त्रालयकै निर्देशनमा अन्तरजातीय विवाह गरेका सत्येन्द्रकुमार राम र नेहा राैनियारको जोडीलाई प्रहरीले पटकपटक पक्राउ गरी ज्यादती गरेको विषयमा उनले जवाफ मागेका हुन्। 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार