चाबहिलमा एक युवकको हत्या

सोमबार, माघ २८, २०८१

काठमाडौं । काठमाडौंको चाबहिलमा एक युवकको हत्या भएको छ । चाबहिलको कुमारीगाल भन्ने ठाउँमा सोमबार बिहान दुई समूहबीच झडप हुँदा एक जनाको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ । झडपमा संलग्न दुवै समूहका केही व्यक्तिहरू पक्राउ परेका छन् । यद्यपि पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन । प्रहरीका एक अधिकृत अनुसार घटनालाई गोप्य राखेर अनुसन्धान अघि बढाइएको छ । घटनाबारे थप विवरण भोलि (मंगलबार) मात्रै सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १५:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार