सामाजिक सञ्जाल सम्बन्धित विधेयक राष्ट्रिय सभामा पेस 

आइतबार, माघ २७, २०८१

काठमाडौं । राष्ट्रिय सभामा सामाजिक सञ्जाल सम्बन्धित विधेयक पेस भएको छ ।  आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले सामाजिक सञ्जाल सम्बन्धित विधेयक पेस गरेका हुन् । विधेयक पेस गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई  व्यवस्थित,मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानुन निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।  उनले भने,‘सामाजिक सञ्जालको प्रयोगलाई  व्यवस्थित,मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानुन निर्माण गर्नुपर्ने आवश्यकता छ । नेपालमा सूचना प्रविधि क्षेत्रमा भएको विकास सँगसँगै सामाजिक सञ्जालको प्रयोग बढिरहेको छ । सामाजिक सञ्जालको प्लेटर्फम र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेशी बनाई मर्यादित वनाएर नियमन गर्ने सम्बन्धमा बनेको विधेयक पेस गर्द छु ।’ 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार