पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा भव्य स्वागत, राष्ट्र भक्तिको माहोल

आइतबार, माघ २७, २०८१

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार परिवारसहित पोखरा आइपुगेका छन् । समिट एयरको चार्टर जहाजमार्फत आएका उनलाई पोखरामा समर्थकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए । पूर्वराजा शाह आज राति रुपाकोट रिसोर्टमा बस्नेछन् । उनको पोखरा बसाइँ दुई सातासम्म रहनेछ । भ्रमणलाई विशेष बनाउन विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रमको तयारी भइरहेको छ । यस क्रममा उनले विभिन्न मठमन्दिर दर्शन गर्ने, पूजापाठमा सहभागी हुने र स्थानीय व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । उनका समर्थकहरू शाहको यो भ्रमणलाई आस्थासँग जोडेर हेरिरहेका छन् ।

476608671_1184269109734639_128977336599646190_n-(1)-1739106127.jpg
 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार