सरकारले वाक तथा प्रकाशन स्वतन्त्रतालाई नियन्त्रण गर्न मिल्दैन : रघुजी पन्त

आइतबार, माघ २७, २०८१

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारले संविधानले दिएको वाक तथा प्रकाशन स्वतन्त्रतालाई नियन्त्रण गर्न नमिल्ने बताएका छन् ।  आइतबार बसेको प्रतिनिधिसभाको बैठकमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सामाजिक सञ्जाल सम्बन्धि विधेयकको सम्बन्धमा नियन्त्रणको विक्षमा र नियमनको पक्षमा आफू रहेको बताए । उनले भने,‘सामाजिक सञ्जाल सम्बन्धि विधेयक नियन्त्रणको पक्षमा छैन । तर  नियमनको पक्षमा चाँही म छु । संविधानले दिएको वाक तथा प्रकाशन स्वतन्त्रता नियन्त्रण गर्ने कुरामा सरकार जानुहुँदैन् र मलाई विश्वास छ जाँदैन् पनि । यदी त्यस्तो खालको कमी कमजारी छ भने संशोधनमार्फत सच्याउछौ ।’  अध्यादेशको विषयमा छलफल भइरहेको भन्दै परिपक्क भयो भन्ने सरकारलाई लागेपछि संसदमा पेस गर्ने उनले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १८:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार