नेपाल समाजवादी पार्टीको प्रथम महाधिवेशन आजदेखि सुरु हुँदै

आइतबार, माघ २७, २०८१

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजदेखि सुरु हुँदै  छ । आज आइतबारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा महाधिवेशन सुरु हुन लागेको हो  । राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई महाधिवेशनले प्राथमिकता दिने छ । महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने बताइएको छ । साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ । आजबाट सुरु हुने महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार