खानेपानी मन्त्रालयको मर्मत सम्भार कार्य सुरु 

शनिबार, माघ २६, २०८१

काठमाडौं ।  आगलागी भएको खानेपानी मन्त्रालयको मर्मत सम्भार कार्य शुरू गरिएको छ । आजै उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले अवलोकन गरेलगत्तै मन्त्रालयले मर्मतसम्भारको काम थालेको हो । उक्त मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् ।  आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ । खानेपानी मन्त्रालयको भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि छ ।

Photo-(3)-1739002858.jpg
Photo-(4)-1739002857.jpg
Photo-(5)-1739002857.jpg
 

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार