खानेपानी मन्त्रालयमा आगलागी

महत्वपूर्ण कागजपत्र जोगिएका छन् : मन्त्री यादव
शनिबार, माघ २६, २०८१

काठमाडौं । शनिबार बिहान करिब पौने ८ बजे खानेपानी मन्त्रालयमा आगोलागी भएको छ । खानेपानीमन्त्री प्रदिव यादवले सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगलागीबारे अनुसन्धान भइरहेको बताएका छन् । शनिबार सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा घट्नाबारे अनुसन्धान भइरहेको प्रष्टाएका हुन् ।  उनले आगलागीमा कुनै पनि आवश्यक कागजपत्रहरु नजलेको बताए । डकुमेन्ट हस्ताक्षर गरेर मन्त्रालयका सचिवलाई पठाउने गरेकाले महत्वपूर्ण कागजपत्रहरु जोगिएको बताए । 

उनले भने, ‘महत्वपूर्ण कागजपत्रहरु बचेका छन् । कुनै पनि आवश्यक कागजपत्रहरु मेरो टेबुलमा थिएन । डकुमेन्ट हस्ताक्षर गरेर सचिवलाई पठाइहाल्ने बानी छ । कहिले पनि टेबुलमा फाइल रहँदैन थियो । त्यसकारण पनि अफिसियल कागजपत्र जलेका छैनन् ।’ उनले शुक्रबार कार्यालयमा केही गन्ध आएको र त्यो पानी तताउने मेसिन हिट भएर होला भन्ने सोचेको बताए ।  उनले भने, ‘हिजो म कार्यालयमा हुँदा गन्ध आएको थियो । मैंले कार्यालय सहयोगीलाई सोधें उहाँले पानी तताउने मेसिन हिट भएर होला भन्नुभयो । अनि पल्क निकालेर सवा पाँच बजे निस्कियौ । बिहान यस्तो दुखद घटना घट्यो ।’ उनले थप भने, ‘यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । तीनवटा सीसी क्यामेराको मनिटर, एक थान कम्प्युटर, डेक्सटप, पानी तताउने मेसिन, टेबुल, सोफालगायत अन्य सामानहरु जलेका छन् ।’ 

Pradip-Yadav--1739002512.jpg
 

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार