ज्येष्ठ नागरिकलाई‘भेरोसेल’को दोस्रो मात्रा असार २२ देखि दिइने

शुक्रबार, असार ११, २०७८

काठमाडौँ । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा यही असार २२ गतेदेखि ज्येष्ठ नागरिकलाई लगाउने भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘भेरोसेल’ खोप पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई  दोस्रो मात्रा लगाइने जनाएको छ ।  स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंहले आज सूचना जारी गर्दै ‘भेरोसेल’ को पहिलो मात्रा लगाएका तीन लाख ७० हजार ज्येष्ठ नागरिकलाई  दोस्रो मात्रा खोप लगाइने जानकारी दिए । गत जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा लगाइएको थियो । यसअघि पहिलो मात्रा लगाएका लाई समेत दोस्रो मात्राको खोप दिइने छ ।  खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कार्ड अनिवार्य देखाउनुपर्ने छ । नेपालमा अहिलेसम्म सात लाख ३१ हजार ६५३ जनाले दोस्रो  र २५ लाख १९६ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  २०:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार