‘जनप्रतिनिधिले जनतालाई अनावश्यक दुःख दिने काम अन्त्य हुनुपर्छ’

शुक्रबार, माघ २५, २०८१

कामठाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिबाट अनावश्यक रुपमा जनतालाई दुःख दिने कामको अन्त्य हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौं महानगरपालिका वडा नं २९ को प्रशासनिक भवन उद्घाटन समारोहमा उनले जनप्रतिनिधिले जनताको गुनासो सुनेर त्यसलाई कसरी सम्बोधन गर्ने भन्नेतिर नै जोड दिएर लाग्नुपर्ने बताए । उनले भने,‘सबैभन्दा बढी जनताले के खोजिरहेका छन् । जनताले समस्या राखिसकेपछि त हुनसक्ने काम त गर्दिनपर्छ नि । भोलि, आउनुहोस, पर्सि आउनुहोस भन्ने गरिन्छ । स्पष्ट भनिदिनुपर्छ, अनावश्यक दुःख दिन पाइँदैन् । यसको अन्त्य हुनुपर्छ । जनप्रतिनिधिले जनताको गुनासो सम्बोधन गर्ने भन्नेतिर नै लाग्नुपर्छ भन्ने कुरामा जोडदिन्छु ।’ त्यस्तै उनले सरकारप्रति प्रश्न धेरै उठ्ने गरेको भन्दै स्थायी सरकार बनाउने उद्देश्यले बर्तमान सरकार निर्माण भएको बताए । उनले भने,‘सबैले सरकारबारे प्रश्न गरेका छन् । कांग्रेस र एमालेले अरु पार्टीलाई पनि मिलाएर अहिले जुन सरकार बनेको छ त्यो जनताको चाहना हो । शान्ति प्रकृयामा पनि कांग्रेसले नै नेतृत्व गरेको हो नि । मन्त्री सिंहले वडाको भवन आफ्नै वडामा बन्नुपर्छ भन्दा विवाद गर्नुपर्ने अवस्था आएको स्मरण गर्दै नेपालमा नराम्रो काम गर्नभन्दा राम्रो काम गर्नको लागि धेरै अप्ठ्यारो रहेको बताए ।  

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार