रवि लामिछानेको थुनछेक बहस सकियो

बिहीबार, माघ २४, २०८१

काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगीमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको थुनछेक बहस सकिएको छ । मंगलबार दायर भएको यो मुद्दाको थुनछेक बहस हिजो बुधबारबाट सुरू भएको थियो । बहस बिहीबार दिउँसो सवा तीन बजेतिर सकिएको हो । पक्ष विपक्षका वकिलहरूको बहस सकिएपछि जिल्ला न्यायाधीशले मुद्दाको अन्तिम फैसला नआउँदासम्म प्रतिवादीलाई थुनामा राख्ने, कारागार पठाउने, धरौटी लिएर तारेखमा छाड्ने या साधारण तारेखमा छाड्ने भन्ने निर्णय दिने छन् । बहस सकिएका कारणले यस्तो आदेश आजै आउने सम्भावना छ । रवि लामिछानेविरुद्ध सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना सजाय हुनु पर्ने र साहारा सहकारीबाट गोरखा मिडियामा गएको १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ रकम लामिछानेसहित चार जनाको सामूहिक दायित्वमा हुन आउने बिगोबाट असुल गर्न माग राखेर मुद्दा दायर भएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार