‘आदिवासी जनजातिहरुको समग्र विकासको लागि प्राप्त अधिकार सुरक्षित गर्नुपर्छ’

बिहीबार, माघ २४, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजातिहरुको आ– आफ्नो पहिचान भएको बताएका छन् । बिहीबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २४ औँ स्थापना दिवसको अवसरमा बोल्दै उनले आदिवासी जनजातिहरुको समग्र विकासको लागि प्राप्त गरेको अधिकारलाई सुरक्षित र संस्थागत राख्दै अगाडि बढाउनुपर्ने बताएका हुन् । उनले भने, ‘आदिवासी जनजातिहरुको आ– आफ्नो पहिचान छ, स्थान छ । जुन अधिकार हामीले प्राप्त गरेका छौं ति अधिकार सित्तैमा आएको  होइन । यो  अधिकार  प्राप्त  गर्नको  लागि लामो संर्घष गर्नु परेको थियो । तर आदिवासी जनजातिहरुको समग्र विकासको लागि जुन प्राप्त गरेको अधिकारलाई सुरक्षित राख्दै र संस्थागत राख्दै अगाडि बढाउनुपर्ने हामीमा जिम्मेवारी आएको छ ।’ साथै, उनले हरेक क्षेत्रमा एउटा उदेश्यका साथ काम गर्नुपर्ने बताए । उनले अहिले  हामीले प्राप्त गरेको अधिकारलाई  तपाईं  हामीले  नै  सुरक्षित  नगरे  कस्ले  गर्ने भन्दै  प्रश्न पनि गरे ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार