काठमाडौं उपत्यका विकास प्राधिकरणले कस्तो बनाउँदै छ नागदह ? (भिडियो) 

स्थानीयवासीको चाहना के हो ? स्थानीय सरकार के चाहन्छ ?
बिहीबार, माघ २४, २०८१
मयुर प्लाई

धापाखेल (ललितपुर) ललितपुर महानगरपालिका २४ नं. वडा धापाखेलमा रहेको प्राकृतिक दह ‘नागदह’ मा वातावरणीय दृष्टिकोणबाट सुरु गर्न लागिएको ‘नागदह परियोजनासम्बन्धी प्रस्तुतिकरण कार्यक्रम’ सम्पन्न भएको छ ।तीनकुने पोखरीस्थित वडा कार्यालय भवनमा आज बिहान काठमाडौं उपत्यका विकास प्राधिकरणका आयोजना प्रबन्धक, इन्जिनियर तथा परियोजनाको विस्तृत प्रतिवेदन तयार पार्ने कन्सल्टयाण्टद्धारा परियोजनाका बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको हो । 

NAG-1-1738758432.jpg
प्रस्तुतिकरण कार्यक्रममा काठमाडौं उपत्यका विकास प्राधिकरणका आयोजना प्रबन्धक दुर्गाप्रसाद उपाध्याय, इन्जिनियरद्धय धर्मराज गौडेल, उदयकुमार पोखरेल, कन्सल्टयान्टका तर्फबाट सुनीलबाबु श्रेष्ठ, सदीप हाडा, प्रल्हाद चापागाईंले प्रस्तुतिकरण दिनु भएको थियो । प्रस्तुतिकरणमा नागदहको हालको संरचनामा यथावत राख्दै यहाँ वातावरणीय दृष्टिकोणका उपयुक्त हुने संरचनाका बारेमा जानकारी गराइएको थियो । प्रस्तुतिकरण कार्यक्रममा स्थानीय सरोकारवालाले उठाएका जिज्ञासाका बारेमा आयोजना तथा परियोजनाको डिपिआर तयार पार्ने कन्सल्टयान्टहरुले प्रष्ट पार्नु भएको थियो ।

Nagda-1738758430.jpg
वडाअध्यक्ष दिनेश जंग पाण्डे, वडासदस्यहरु इन्द्रा श्रीश राना, निशा मालबुल, उद्धब बस्नेत, हरिकृष्ण महर्जन,नागदह संरक्षण तथा विकास समितिका अध्यक्षसहित पदाधिकारी एवम् नागदहप्रति सरोकार राख्ने व्यक्तित्वहरुको सहभागिता रहेको थियो । 

nA-1738758434.jpg
Nag-1738758437.jpg
 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार