सांसद केसीको प्रश्नः अध्यादेशबाट देश चलाउने यही हो लोकतन्त्र ?

बिहीबार, माघ २४, २०८१

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्र बहादुर केसीले संसद समयमा नबोलाउने र अध्यादेशबाट देश चलाउने अप्रजातान्त्रिक पद्दतीको अभ्यास सरकारले गरिरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै उनले लोकतन्त्रको लागि हामी लामो समय लडेको भएतापनि त्यसको अभ्यास गर्ने शिलसिलामा राजनीति पार्टीहरु बारम्बार चुकेको बताए । उनले भने, ‘दुई वटा ठूला दल मिलेर लोकतन्त्रलाई व्यवस्थित गर्छन भन्ने मैले विचार गरेको थिए । तर अब संसद समयमा नबोलाउने अध्यादेश ल्याएर देश चलाउने यही हो लोकतन्त्र ? यस किसिमको अप्रजातान्त्रिक तरिकाले लोकतन्त्रको लागि हामी लामो समय लड्यौं त्यसको अभ्यास गर्ने शिलसिलामा राजनीति पार्टीहरु बारम्बार चुकेका छन् । यस्तो गर्नु हुँदैन् । संसद बोलाउन छेकेको थियो कस्ले ? संसद नबोलाउने अध्यादेशबाट देश चलाउने यही पद्दती हो भने यो लोकतन्त्र होईन् । यो अप्रजातान्त्रिक पद्दती हो ।’ 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार