लामिछाने चितवन जिल्ला अदालतमा, न्यायधिस ढकालको इजालसमा बयान

बुधबार, माघ २३, २०८१

चितवन । सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री रबि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएकाले उनी आज जिल्ला अदालत, चितवनमा उपस्थित भएका हुन् । आजवाट बहस सुरू हुने लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको २ नम्बर इजलासमा परेको छ । लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भए पछि उनी बयान दिन चितवन पुगेका हुन् ।
 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार