माओवादी केन्द्र परित्याग गर्ने १४ जनप्रतिनिधिको पद रिक्त

शुक्रबार, असार ११, २०७८

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) परित्याग गर्ने तीन प्रमुख, छ उपप्रमुखसहित १४  स्थानीय तहका पदाधिकारीको पद गुमेको छ । माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा (एमाले) प्रवेश गरेका ती जनप्रतिनिधिको पद रिक्त भएको  हो ।
निर्वाचन आयोगले दल त्याग तथा पद रिक्ततासम्बन्धी प्रकाशन गरेको सूचनानुसार उनीहरु माओवादी केन्द्रका तर्फबाट विस २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि हुन् । पद रिक्त स्थानीय तहका पदाधिकारी र सदस्यमा रौतहटका सात, कैलालीका चार तथा ओखलढुङ्गा, महोत्तरी र सिरहाका एकएक जनप्रतिनिधि छन् । रौतहट मौलापुर नगरपालिका प्रमुख  रिनाकुमारी साह, रौतहट कटहरिया नपाका प्रमुख   सियारामप्रसाद कुशवाहा, रौतहट देवाही गोनाही नपाका उप्रमुख  परनिया देवी, रौतहट मैलापुर नपाका उप्रमुख  गौरीशंकरप्रसाद, रौतहट फतुवाविजयपुर नगरपालिकाका उप्रमुख  कान्तिदेवी, रौतहट माधवनारायण नपाका उपप्रमुख   सिमलकुमारी साह, रौतहट यमुनामाई गाउँपालिकाका उपाध्यक्ष गीतादेवी साह, सिरहा लहान नगरकार्यपालिका सदस्य सतमीलालदास ताती, ओखलढुंगा चम्पादेवी गाउँपालिका –७ का वडाध्यक्ष  सुरेशकुमार  थापा, महोत्तरी, सम्सी गाउँपालिकाका अध्यक्ष  शेष फारुक, कैलाली भजनी नगरपालिकाका उपप्रमुख,  छायादेवी देवकोटा, कैलाली गौरीगंगा नपा–४ वडाध्यक्ष  भागिरथी विष्ट, कैलाली गोदावरी नगरपालिका वडा नं १ का वडाध्यक्ष शर्मानन्द भट्ट तथा कैलाली बर्दगोरिया नगरपालिका वडा नं ४ का वडाध्यक्ष पुरन बिसी छन् । एमालेमा प्रवेश गरी माओवादी केन्द्र परित्याग गरेकाले उनीहरु निर्वाचित भएको पद स्वतः रिक्त हुने प्रावधानबारे आयोगको ध्यानाकर्षण गर्दै माओवादी केन्द्रले त्यससम्बन्धी सूचना प्रकाशन गर्न पत्राचार गरेको थियो । आयोगको बुधबारको निर्णयले राजनीतिक दलसम्बन्धी नियमावलीबमोजिम निजहरुले दल त्याग गरेकाले निर्वाचित पद स्वतः रिक्त रहने जनाउँदै सूचना प्रकाशन गरिएको हो।

 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १८:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार