संसदका तीन समितिको बैठक बस्दै

मंगलबार, माघ २२, २०८१

काठमाडौं । संघीय संसद अन्तर्गतका तीन समितिको बैठक आज बस्दैछ। संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्न लागेको हो । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । यो समितिको बैठक दिउँसो १ बजेबाट सुरू हुनेछ ।  यस्तै विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १२ः३० बजे बोलाइएको छ । यो बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने राष्‍ट्रिय निकुञ्‍जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको सम्बन्धमा प्रदेश सरकारका वनसँग सम्बन्धित मन्त्रीहरुसँग छलफल गरिनेछ । यो बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार