सोसल मिडिया
Contact Us
युनिकोड
रौतहट । रौतहट प्रहरीले नेपालबाट भारत तर्फ लैजादै गरेको गाईलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय रौतहटबाट खटिएको गस्ती टोलीले राजपुर नगरपालिका वडा न ३ फतुवाबाट ६ वटा गाई नियन्त्रणमा लिएको हो । नेपालबाट अबैध रूपमा गाई भारत तर्फ लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको रौतहट प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले बताए । उनका अनुसार प्रहरी टोलिलाई देख्नसाथ तस्करहरु भागेका हुन् । प्रहरीले नियन्त्रणमा लिएको गाईलाई गौर भन्सार कार्यलयमा बुझाएको छ । भारतबाट नेपालमा वा नेपालबाट भारत वैधानिक तरिकाले पशुचौपाय लैजादा क्वारेन्टाईनमा परिक्षण गरी स्वस्थ रहेमा मात्र लान पाउने नियम छ । वैधानिक तरिकाले ल्याउँदा प्रक्रिया झन्झटिलो हुने भएकाले सीमा क्षेत्रमा पशुचौपाय अवैध तस्करी हुने गरेको स्थानियहरु बताउँछन् । नेपाल भारत सीमा नाकामा प्रहरी तथा सशस्त्र प्रहरी तैनाथ रहेका कारण तस्करहरु पशुचौपाय छोडेर भाग्ने गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।