स्वतन्त्र पत्रकारितामाथि कसैले पनि अवरोध गर्नु हुँदैन : गृहमन्त्री लेखक

सोमबार, माघ १४, २०८१

काठमाडौं   । नेपाल पत्रकार महासंघले  गृहमन्त्री  रमेश लेखकलाई  ज्ञापन पत्र बुझाएको छ । सोमबार  पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको  समूहले प्रेस स्वतन्त्रता हनन्मा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखक समक्ष ध्यानार्षण पत्र बुझाएको  हो । उक्त ज्ञापन पत्र बुझ्दै गृहमन्त्री  रमेश लेखकले  स्वतन्त्र पत्रकारितालाई  कसैले  पनि अवरोध गर्न नहुने बताए । उनले  पत्रकारितालाई व्यवसायीक ढंगले निष्पक्ष र स्वतन्त्रपूर्ण बनाउन सबै  निकाय र पत्रकार महासंघले  पनि ध्यान दिनुपर्ने बताए । उनले भने, ‘खास गरेर पत्रकारिताको  व्यवसायीक स्वतन्त्रता र पत्रकारकामाथि  कुनै पनि खालका अवाञ्छित दबावहरु भौतिक खालका,  मांसिक खालका अथवा स्वतन्त्र पत्रकारिताई अवरोध गर्ने, खण्डित गर्ने, दबावहरु कसैले गर्नु हुँदैन । पत्रकारितालाई  व्यवसायीक ढंगले निष्पक्ष र स्वतन्त्र वातावरण बनाउन.सरकार तयार  छ ।’ साथै उनले पत्रकारिता लोकतन्त्रको बाहक र संरक्षक समेत भएको बताए । उनले पत्रकारिता लोकतन्त्रको थर्मोमिटर समेत भएकाले नेपालको संविधानले पूर्ण  पत्रकारिता स्वतन्त्रतामा ध्यान दिएको बताए । त्यसैगरी अध्यक्ष शर्माले पत्रकार महासंघको निर्वाचन शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न सरकारले निभाएको भूमिकाप्रति धन्यवाद दिईन् ।  

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार