ललितपुरको थसिखेलमा प्रहरीको नागरिक सुनुवाई  कार्यक्रम सम्पन्न (भिडियो)

प्रहरी अतिरिक्त महानिरीक्षक तामाङद्धारा नागरिकहरुलाई अपराध नियन्त्रणमा सूचना दिएर सघाउन आह्वान 
बुधबार, माघ ९, २०८१

थसिखेल (ललितपुर) । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङले नेपाल प्रहरी जनताको शान्ति सुरक्षाका लागि हरदम खटिने बताउँदै नागरिहरुबाट सहि सूचना दिएर बर्दि बिनाको प्रहरी बनिदिन आग्रह गर्नु भएको छ ।  ललितपुरमा आयोजित शान्ति सुरक्षासम्बन्धि अन्तरक्रिया तथा नागरिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि काठमाडौं  उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्दै प्रत्येक नागरिक बिना बर्दीको प्रहरी भएकाले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न प्रहरीसगँ सहकार्य गर्नु हरेक नागरिकको अधिकारसगैं कर्तव्य पनि भएको बताउनु भयो । समुदाय प्रहरी साझेदारी अभियानअन्तर्गत ललितपुर महानगरपालिका वडा नं.१३ स्थित माछापुच्छ्रे ईन्टरनेशनल स्कुलको सभाहलमा जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त सातदोबाटो तथा सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा नागरिक सुनुनवाई कार्यक्रम सम्पन्न भएको हो । 

ramesh-1737505523.jpg
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई चिर्न नागरिकको भूमिका महत्वपूर्ण रहेकाले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय(प्रहरी साझेदारीको अवधारणा बमोजिम समुदाय र प्रहरीको हातेमालो गर्दै प्रहरीलाई सूचना दिनुपर्नेमा जोड दिनुभयो । 
उहाँले अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकहरुलाई अनुरोध गर्दै गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नका लागि सुझाव तथा सल्लाह दिन आह्वान गर्नुभयो । 

shyam-1737505514.jpg
नेपाल प्रहरी तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयको आधिकारीक फेसबुक पेजबाट समयानुकुल सुरक्षा सावधानीको उपायहरुको विषयमा जनचेतनामूलक सामाग्रीहरु समेत सेयर गरिएको हुदा सो सम्बन्धमा आफू तथा आफ्नो परिवारलाई समेत सजग गराई विभिन्न प्रकृतिका अपराध तथा ठगीबाट बच्न समेत उहाँले अनुरोध गर्नु भएको छ । 
कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले कानुन कार्यान्वयन गर्ने निकायहरुबाट कानुनको पालनामा दायाँ बायाँ गर्न नहुने उल्लेख गर्दै नागरिकहरुको शान्तिपूर्ण बाँच्न पाउने अधिकारलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । 
उहाँले ललितपुरमा ट्रिपरका कारण नागरिकहरुले सास्ती पाएको विषयमा केही दिनअघि मात्रै आफूहरुले छलफल गरेको जनाउँदै आवश्यक निर्णय लिइने बताउनुभयो । 

phu-1737505523.jpg
नागरिक सुनुवाई कार्यक्रममा विशिष्ट अतिथि रहेका जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले नागरिकहरुको सेवामा नेपाल प्रहरी २४ सै घण्टा उपलव्ध हुने जनाउनुभयो ।
अहिले प्रहरी पहिलेको जस्तो छैन, सुध्रिएको छ, गल्ती गर्ने प्रहरीलाई ठाउँको ठाउँ नै कारवाही गर्ने गरिएको भन्दै नागरिहरुले सहि सूचना दिएर प्रहरीको सेवा लिन एसएसपी अधिकारीले आह्वान गर्नुभयो ।

sah-1737505520.jpg
माछापुच्छ्रे ईन्टरनेशनल स्कुलका फाउण्डर डा. विनोद यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा ललितपुर महानगर १४ नं. वडाका वडाअध्यक्ष अमृत जंग महत,  वडा नं १३ का वडासदस्य सरस्वती जोशी थापा, वडा नं १४ का वडासदस्य सहनशीला कार्की, कुवेर केसी, सामुदायिक सेवा केन्द्र तिखेदेवलका पदाधिकारी, प्रहरी कर्मचारी, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, विभिन्न क्लब, आमा समूह, समाजसेवी, सञ्चारकर्मी, यातायात क्षेत्रका प्रतिनिधि, विद्यार्थी तथा अभिभावक, टोल सुधार समितिका अध्यक्ष तथा प्रतिनिधि, स्थानीय व्यवसायी, नागरिक समाज गरी करिब १५० जनाको सहभागिता रहेका थियो । सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलकी सई फुलकुमारी पौडेलले सञ्चालन गरेको कार्यक्रममा माछापुच्छ्रे ईन्टरनेशनल स्कुलका फाउण्डर डा. विनोद यादवले प्रमुख अतिथि तथा अतिथिहरुलाई मायाको चिनो उपहार प्रदान गरेका थिए । 

sh-1737505516.jpg
sahavagi-sunuwai-1737505519.jpg
 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ०६:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार