योग उत्सव समारोह आयोजना गर्दै ललितपुर महानगर १६ नं वडा (भिडियो) 

शुक्रबार, माघ ४, २०८१
मयुर प्लाई

ललितपुर । राष्ट्रिय योग दिवसको सन्दर्भ पारेर ललितपुर महानगरपालिका १६ नं. वडाले भोलि पाटन दरबार क्षेत्रमा ‘योग उत्सव समारोह’ आयोजना गर्दैछ । ‘भोलि पाटन दरबार क्षेत्रमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई प्रमुख अतिथि बनाएर कार्यक्रम आयोजना गरिएको छ’, वडा नं १६ का वडाअध्यक्ष निर्मल रत्न शाक्यले शब्दपाटीलाई जानकारी दिँदै भन्नुभयो । बिहान ७ बजे आयोजना हुने उक्त कार्यक्रममा सांसदहरु तथा योगप्रति चासो राख्ने महानुभावहरूलाई आमन्त्रण गरिएको वडाअध्यक्ष शाक्यले जानकारी दिनुभयो ।  समारोहमा राष्ट्रिय योग दिवसका अवसरमा पाटन दरबार क्षेत्रमै आयोजना गरिएको १०८ सूर्य नमस्कारमा सहभागी योग साधक साधिकालाई सम्मान गरिने छ । यस्तै वडामा सञ्चालन भएको सह–योग शिक्षक ताालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको पताञ्जली योग समिति ललितपुरका अध्यक्ष जोहन गोपाल कायस्थले जानकारी दिनुभयो । वडा कार्यालय वार्षिक बजेट नै विनियोजना गरी योग अभ्यासलाई प्राथमिकता दिएको वडाअध्यक्ष शाक्यले बताउनुभयो । चालु आर्थिक वर्षमा वडाले ७ लाख रुपैयाँ योगका लागि विनियोजन गरेको पनि उहाले जानकारी दिनुभयो । योग अभ्यासका लागि आवश्यक स्थान तथा सामग्री व्यवस्थामा तीन वर्षदेखि नै वडा कार्यालयले सहयोग गरिरहेको जनाउँदै वडाअध्यक्ष शाक्यले भन्नुभयो, 'स्थानीय सरकारहरूले नागरिकहरूको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्छ भनेर योगका लागि बजेट विनियोजन गरिएको हो ।' 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार