विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै

शुक्रबार, माघ ४, २०८१

काठमाडौं । संघीय संसदका विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् । आज ६ विपक्षी दलहरुको बैठक पश्चात दिउँसो ३ बजे संघीय संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।  विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको २ सदस्यीय कार्यदल बनाएको थियो ।  पत्रकार सम्मेलनमा विपक्षी दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भनिएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १२:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार