विपक्षी दलहरूको संयुक्त पत्रकार सम्मेलन सर्यो

बिहीबार, माघ ३, २०८१

काठमाडौँ । संघीय संसदका विपक्षी दलहरूले आज(विहीबार) गर्ने भनिएको संयुक्त पत्रकार सम्मेलन स्थगित भएको छ । बिहीबार गर्ने भनिएको पत्रकार सम्मेलन भोलि(शुक्रबार) दिउसो ३ बजेका लागि सारिएको  हो । हिजो बसेको विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् । पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको दुई सदस्सीय कार्यदल बनाएको छ । पत्रकार सम्मेलनमा विपक्षी दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार