चुडामणी शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर, एक अर्ब ३३ लाखभन्दा बढी बीगो दावी  

बुधबार, असार ९, २०७८

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियारले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । तीनजनाबाट विगोवापत एक अर्ब ३३ लाख २० हजार ३ सय ८५ कायम गरी आरोपपत्र दायर गरिएको छ । उनीहरूले अधिकारक्षेत्र बाहिर गई वदनियतपूर्वक करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । ‘तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका प्रतिवादीहरूले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानिनोक्सानी पुर्‍याई बदनियतपूर्ण कार्य गरेको स-प्रमाण पुष्टि हुन आएकोराज्यलाई हानिनोक्सानी पुर्‍याई बदनियतपूर्ण कार्य गरेको स(प्रमाण पुष्टि’ हुन आएको अख्तियारले बताएको छ ।

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १४:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार