विपिन जोशीलाई रिहा गराउन नसके सरकारको ठूलो कूटनीतिक असफलता : शिशिर खनाल

मंगलबार, पुस २३, २०८१
मयुर प्लाई

काठमाडौं । सांसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्य सांसद शिशिर खनालले हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाई गराउन नसके सरकारको ठूलो कूटनीतिक असफलता हुने बताएका छन् ।  सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले लेखेको छन्, 'इजरायल-हमास युद्धविरामका क्रममा ३४ जना वन्दी हमासले रिहा गर्ने तयारी गरेको समाचार बाहिरिएको छ। नेपाली नागरिक विपिन जोशीको रिहाई प्रति परराष्ट्र मन्त्रालय Ministry of Foreign Affairs, Nepal अन्त्यन्त संवेदनशिलताका साथ सबै कूटनीतिक प्रयासलाई तीव्र बनाउँदै विपिनको सुरक्षित रिहाइ सुनिश्चित गर्न आग्रह गर्दछु। विपिन को रिहाई गराउन नसक्नु Ministry of Foreign Affairs, Nepal र नेपाल सरकारको ठूलो कूटनीतिक असफलता हुनेछ।' 

shi-1736215559.JPG
 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार