सोसल मिडिया
Contact Us
युनिकोड
मनाङ । मनाङको नासो गाउँपालिका –२ नाचैमा खाद्य सङ्कट भएको छ । असार ४ गते परेको भीषण वर्षाका कारण सबै क्षेत्रबाट सम्वन्ध विच्छेद भएपछि नाचैमा खाद्य सङ्कट आएको हो । नाचैमा खाद्य सङ्कटका कारण १ सय ८२ नागरिकलाई छाक टार्ने समस्या भएको छ । गत मङ्गलबार परेको वर्षासँगै मस्र्याङ्दीमा आएको बाढीपहिरोले नासो गाउँपालिकाको वडा नम्बर २ नाचै बाहेक आठै वडा पूर्णरूपमा क्षति पु¥याएको छ । बाढीपहिरो पीडितका लागि त विभिन्न निकायबाट खाद्यान्नको व्यवस्था भइरहेको छ । तर, सुरक्षित रहेको नाचैका नागरिक बाढीपहिरो होइन खाद्यान्न पीडित हुन पुगेको वडा नम्बर – २ का वडाध्यक्ष भीमबहादुर गुरुङले बताए । वडाध्यक्ष गुरुङले भने, “छिमेकी वडाहरू बाढीपहिराले क्षतिग्रस्त छन्, एक स्थानबाट अर्को स्थानमा जान सम्भव नै छैन, नाचैका नागरिक नाचैमा मात्र सीमित छ, दैनिक उपभोग्य वस्तुसामग्री ढुवानी गर्न पाएको छैन, भएको खाद्यान्न सकिदै गयो, नाचै खाद्य संकटमा प¥यो ।” खाद्यान्न ढुवानीका लागि वर्षाले बाटोघाटो प्रभावित हुँदा नाचै क्षेत्रका बासिन्दा अहिले खाद्य सङ्कटको चपेटामा परेका हुन् । हातमा पैसा हुँदासमेत यहाँका नागरिकले खाद्यान्न किन्न नपाउने अवस्था सिर्जना भएको छ । मस्र्याङ्दीको वहाव फेरि बढ्दै मनाङ जिल्ला भई बग्ने मस्र्याङ्दी नदीमा फेरि पानीको वहाव बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चामे गाउँपालिका –४ र ५ जोड्ने नदीमा पानीको मात्रा बढेर मोटरेवल पुलको माथि आएको छ । चामे बजार नजीकै वर्षाका कारण नदीमा पुनः पानीको वहाव बढ्न जाँदा जोखिम बढेको प्रहरी कार्यालयले जनाएको छ । चामे क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।