माओवादी स्थायी कमिटी बैठक स्थगित, भोली बिहान बस्ने

शनिबार, पुस २०, २०८१

काठमाडौं । नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रिय समितिमा पेश गर्ने भनिएको राजनीतिक प्रतिबेदन माथी छलफल गरेर अन्तिम रूप दिने लगायतका अजेन्डा रहेको थियो । भोली देखी सुरू हुने केन्द्रिय समिति बैठकमा पेश गर्न लागेको  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन टुंग्याउनका लागि आज बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजेवाट सुरू हुने भनिए पनि अन्तिम समयमा स्थगित भए पछि सो बैठक भोली बिहान ८ बजे बस्ने भएको छ । स्थानिय तहको उपनिवार्चन परिणामवाट हौसिएको माओवादी केन्द्रले २०८४ सालको निर्वाचन एक्लै लडने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार