धनराज र ऋषिकेशलाई सरकारले जोगाइरहेको छ : माओवादी केन्द्र 

बिहीबार, पुस १८, २०८१

काठमाडौ‌ । नेकपा (माओवादी केन्द्र) ले सरकारले कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा (एमाले) का नेता ऋषिकेश पोखरेललाई सहकारी ठगी प्रकरणमा दोषी देखिएपनि संरक्षण गर्ने काम गरेको आरोप लगाएको छ ।  बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले आफ्ना मान्छेचाहिँ जोगाउने अनि आफूभन्दा टाढाका मान्छेचाहिँ छानी–छानी कारबाही गर्ने काम गरिरहेको बताए ।  उनले भने,‘भ्रष्टाचार गर्नेहरुको संरक्षणमा सरकार लागिरहेको छ । राम्रो काम गर्नेलाई हटाउने, आफ्ना मान्छेचाहिँ जोगाउने अनि आफूभन्दा टाढाका मान्छेचाहिँ छानी–छानी कारबाही गर्ने । आफ्नालाई जोगाउने कांग्रेस उपसभापति धनराज गुरुङ सहकारीमा जोडिएको सिँधै छ तर कुनै कारबाही नै छैन् । त्यस्तै लेखा सभापति ऋषिकेश पोखरेललाई पनि संरक्षण गरिरहेको छ ।’   त्यस्तै उनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङको उदाहरण दिँदै सरकारले राम्रो काम गर्नेलाई हटाउन खोजिरहेको पनि बताए ।  यस्तै उनले सरकार विचार–शून्य रहेको भन्दै मूल्य, मान्यता र आदर्शपनि सरकारमा नरहेको  आरोप लगाए ।  
 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  २२:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार