'आवश्यक सेवा'मा हडताल निषेधको आदेश जारी गर्दै सरकार

बिहीबार, पुस १८, २०८१

काठमाडौँ । आवश्यक सेवामा हडताल गर्न सरकारले निषेध गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठले आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने निर्णय गरेको हो । बुधबार सार्वजनिक गरिएका मन्त्रिपरिषद्का निर्णयमा गृह मन्त्रालयको प्रस्तावमा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने निर्णय भएको हो । 'आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने,' मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ । आवश्यक सेवाअन्तर्गत के(के पर्छन् भन्ने उल्लेख गरिएको छैन । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले राजपत्रमा नै ती सेवाहरू तोकिने बताए । 'यो नियमित निर्णय हो । यो सूचना पत्येक ६-६ महिनामा जारी हुने गरेको छ,' उनले भने, 'नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी तोकिएका सेवाहरू भन्ने ऐनको व्यवस्था छ । ऐनको व्यवस्थाबमोजिम निर्णय गरिएको हो ।'

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ०६:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार