चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

बुधबार, पुस १७, २०८१

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।  आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ः१५मा बस्दै छ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारिहरुसँग छलफल गर्ने कार्यसूचि रहेको छ ।  यस्तै,संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा समितिले मिति २०८१÷०५÷११ गते मन्त्रालयलाई दिएको निर्देशनको कार्यान्वयन अवस्था बारे छलफल हुने छ ।  यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठक पनि आज बस्दै छ ।  बैठकमा भुमीमा रहेको अव्यवस्थित बसोबासका सम्बन्धमा छलफल हुने कार्यसूचि छ । पूर्वाधार विकास समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूचि छ । 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  ०९:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार