लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु

मंगलबार, पुस १६, २०८१

दाङ । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने गरी आह्वान गरेका हुन् । यसअघि प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको थियो  । बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने सम्भावित कार्यसूची छ । हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणा पत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने जनाइएको छ । चौथो अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार