मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल पुगे प्रचण्ड 

आइतबार, पुस १४, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।  उनको सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा उपचार भइरहेको छ ।अध्यक्ष प्रचण्ड आइतबार साँझ अस्पताल पुगेर किरणको स्वास्थ्य अवस्थाको जानकारी लिँदै परिवारसित पनि भेट गरेका थिए । सो क्रममा उपचारमा संलग्न चिकित्सकहरुले वैद्यको छातीमा सङ्क्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएका थिए । सो क्रममा महासचिव किरणले  क्याविनको भन्दा आइसीयुमा सारेपछि केही सहजता महसुस भएको अध्यक्ष प्रचण्डलाई जानकारी गराए । अध्यक्ष प्रचण्डले किरणको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्यलाभको कामना गरेका थिए ।  सो क्रममा दुबै जना भावुक पनि भएका थिए । अध्यक्ष प्रचण्ड र महासचिव किरणबीच २०३८ देखि २०६८ सम्म निकै घनिष्ट सम्बन्ध रहेको थियो । पार्टी बिभाजनपछि फरक पार्टीको नेतृत्वमा रहे पनि उनीहरुले एकले अर्कालाई निकै आदरभावका साथ सम्मान गर्दै आएका छन् ।

WhatsApp-Image-2024-12-29-at-19.44.12-(1)-1735485596.jpeg
 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  २१:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार